दैलेख ः दैलेखमा नेपाल सेवा निवृत्त शिक्षक समाज गठन गरिएको छ । समाजको प्रथम जिल्ला भेलाले निवृत्त शिक्षक हिमालय जंग शाहको अध्यक्षतामा शुक्रवार निवृत्त शिक्षक समाज गठन गरेको हो ।
सेवा निवृत्त शिक्षकहरूको हक, अधिकार, शैक्षिक उन्नयन र सामाजिक सद्भाव वृद्धि विकाश गर्नका लागि दैलेखमा जिल्ला स्तरीय नेपाल सेवा निवृत्त शिक्षक समाज गठन गरिएको समाजका अध्यक्ष हिमालयजंग शाहले बताए ।
समाजको पुरुष उपाध्यक्षमा नरबहादुर थापा महिला उपाध्यक्षमा शारदा कार्की, सचिवमा धन बहादुर केसी, कोषाध्यक्षमा धर्मराज शर्मा, सदस्यहरूमा मान बहादुर सिजापति, गणेश बहादुर शाही, तीर्थ प्रसाद शर्मा र डम्बर बहादुर महत्तरा रहेका छन् ।
यस्तै, सदस्यहरूमा जगत् बहादुर पन्त, टोप बहादुर थापा, नामाखर शर्मा, हीरामणि न्यौपाने, पूर्ण बहादुर मल्ल, कृष्ण प्रसाद सुवेदी, कृष्ण बहादुर खड्का, कुम्भकेशर खनाल र विनोद गुरुङ रहेका छन् । समाजको केन्द्रीय प्रतिनिधिमा खेमराज केसी र कोकिला शर्मा चयन गरिएको जिल्ला अध्यक्ष शाहले बताए । सल्लाहकार संयोजकमा कृष्ण बहादुर भण्डारी र सदस्यहरूमा गोपाल खड्का, भूपेन्द्र केसी, लोक बहादुर खड्का र उदयराम शर्मालाई चयन गरिएको जनाइएको छ ।











